बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चितनवमा पत्रकार दुव्र्यवहार घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण
भर्खरै

चितनवमा पत्रकार दुव्र्यवहार घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण

  • सिधा दृष्टी सोमवार, बैशाख १५, २०७७ | April 27, 2020

काठमाडौं : नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार सङ्कलनका लागि आज ब्हिान चितवनको भरतपुरस्थित चौवीसकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुव्र्यवहार गर्दै पक्राउ गरेको महासङ्घले जनाएको छ ।

पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुव्र्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै

पत्रकारका सवारीसाधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासङ्घका महासचिव रमेश विष्टले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्ति रहेर नागरिकलाई सुसूचीत गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको व्यवहार खेदजनक भएको उल्लेख गर्नुभएको छ । ( रासस )

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय