काठमाडौं - सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन थपेको एक मन्त्रीले जानकारी दिनुभयो । लकडाउन थपिएको यो चौथोपटक हो । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो । तेस्रो चोटी थपिएको लकडाउनको अवधि भोलि १५ गते समाप्त हुँदैछ ।
यसअघि शनिबार बसेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले
लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो । उच्चस्तरीय समितिले बनाएको कार्यदलले एक हप्ता लकडाउन थप गर्न र लकडाउन केही खुकुलो बनाउन सिफरिस गरेको थियो ।