शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कारको ठक्करबाट ट्राफिक प्रहरी घाइते
भर्खरै

कारको ठक्करबाट ट्राफिक प्रहरी घाइते

  • सिधा दृष्टी आइतवार, बैशाख १४, २०७७ | April 26, 2020

काठमाडौं । राजधानीको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा प्रहरी जवान राधा कुमारी चन्द रहेको प्रहरी स्रोतले बताएको छ ।

ड्युटीमा खटिएकी चन्दलाई बा २१ च ८५३० नम्बरको निजी कारले चन्दलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ ।

ठक्कर दिने कार र त्यसका चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय