मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बिरगंजका थप २ जनामा कोरोना संक्रमणको पुष्टि
भर्खरै

बिरगंजका थप २ जनामा कोरोना संक्रमणको पुष्टि

  • सिधा दृष्टी आइतवार, बैशाख १४, २०७७ | April 26, 2020

बिरगंज :  बिरगंजमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल बिरगंजमा ल्याएको छ। उनी  बिरगंज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्।

अर्काे बिरगंज–२ का ४२ वर्षीय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय