सरकार, यो लकडाउनमा मलाई भाइरसले भन्दा भोकले मर्ने डर छ।
एनसेलको लोन लिएर कामको पैसा माग्न ठेकेदारलाई फोन गर्दा लकडाउन छ भन्छ।
पुलिसको डण्डाले ढाँड सेकाएर रासन लिन जाँदा साहुले अब महँगी लाग्यो उधारो हुँदैन भन्छ।
घरबेटीले पनि दिनदिनै कचकच गर्छ।
उता गाउँमा ६ महिने सुत्केरी सहितको मेरो परिवारलाई मेरै मात्र भर छ।
कस्तो गाह्रो हामी मजदुरलाई,
भाइरस नलाग्दै मेरो घाँटीमा श्वास फेर्न मुश्कील हुनेगरी गाँठो पर्दा
म भक्कानो छोडेर रुन पाँउछु कि पाउँदिन, सरकार ?
म के गरम् सरकार?
राजधानी बसम् भने न काम छ न दाम छ
न कसैले दिन्छन् खान
जे परे पर्छ हिँडेरै गाउँ जान्छु भन्दा न पुलिसले दिन्छ जान
अस्ति टोलमा २ घण्टा लाईन बसेँ २, ३ छाक टार्ने आशमा
बल्लतल्ल फोटो खिँचाउदै दिएको राहत कुहिएको चामल पर्दा म रुन पाउँछु कि पाउँदिन सरकार ?
अब भएन
भाइरसको निउँमा भोकले
यो गिद्दै गिद्दको शहरमा मर्नुभन्दा
आफ्नै गाउँमा कि मरिन्छ कि जुगै फेरिन्छ भनेर
राती १० बजे पुलिसको आँखा छल्दै पैदल बाटो लाग्दा
भोकले आन्द्रा बटारिँदा, तिर्खाले घाँटी सुक्दा
तपाईं मन्त्रीले चुनावको बेला
अब मजदुरले दुःख पाउने दिन गए भनेर गरेको भाषण सम्झेर,
तपाईले भनेजस्तै कुर्लँदै सडकको आन्दोलन, चुनावी सभा र चुनाव प्रचारमा
यस्तरी नै हिंडेको सम्झिँदै, आँफैले आँफैलाई थुक्दै
म रुन पाँउछु कि पाउँदिन, सरकार ?
२ दिन हिंडेर के भोक के तिर्खा सहेर
जेनतेन लत्रँदै घिँस्रँदै गाउँ पस्ने पुलसम्म त आईपुगे
तर तिम्रै स्थानीय तहका नेताले बारेको काडेँ तारको बार नाघ्न सकिनँ
मेरो प्राण त्यहीँ काँडे तारमा अड्कियो
मेरो परिवारलाई भेट्ने, परिवारले मलाई भेट्ने आशै सकियो
मेरो ६ महिने छोरीको मुख हेर्नसमेत पाइनँ
यस्तो बेला मलाई देख्दा मेरी आमा भाइरसको औषधी पाउँदाभन्दा बढी खुशी हुन्थिन् होला
तर त्यो देख्न पाइनँ
यत्ती हुँदा पनि जनताको लागि जनताले बनाएको सरकार
सुतेर बसेको देख्दा,
मौका छोपेर उल्टै जनतालाई लुटेको देख्दा
छाती पिट्दै डाँको छोडेर मेरो आत्मा रुन पाउँछ कि पाउँदैन, सरकार?
मैले भिडियोमा पनि बोल्ने प्रयास गरेको छु :
एजेन्सी। कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ ।
इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख
लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो
एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि
कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।
बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ
विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी
बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।
यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक