मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • झुण्डिएर एक महिलाको मृत्यु, प्रहरी द्वारा अनुसन्धान जारी
वागमती प्रदेश

झुण्डिएर एक महिलाको मृत्यु, प्रहरी द्वारा अनुसन्धान जारी

  • सिधा दृष्टी शनिबार, बैशाख १३, २०७७ | April 25, 2020

धादिङ : लकडाउनकै क्रममा एक महिलाको झुण्डिएर मृत्यु भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–३ नयागाउँ बस्ने दुर्गाबहादुर मगरकी श्रीमती ४० वर्षीया माया मगरको झुण्डिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पृथ्वी राजमार्गबाट करिव २ किलो मिटर दक्षिणमा रहेको बेनिघाट वडा नं. ३ नयागाउँँमा डोरीले पासो लगाई झुण्डिएको अवस्थामा माया मगरलाई फेला परेको प्रहरीको भनाई छ ।

झुण्डिएको अवस्थामा देखेपछि उनका घरका सदस्यले डोरी काटेर उपचारका लागि गजुरी प्राथमिक स्वास्थ केन्द्र पुऱ्याए पनि चिकित्सकले उनलाई मृत

घोषणा गरेका बताइएको छ ।

पोष्टमार्टमपछि मायाको शव उनका श्रीमानलाई बुझाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय