मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • बेलायतमा पहिलो पटक कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु
अन्तराष्ट्रिय

बेलायतमा पहिलो पटक कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु

  • सिधा दृष्टी शुक्रबार, बैशाख १२, २०७७ | April 24, 2020

लन्डन । बेलायतमा हिजो विहीबार पहिलो पटक कोरोना भाइरसको भ्याक्सिनको परीक्षण सुरु गरिएको छ ।

बेलायतमा गरिएको भ्याक्सिनको यो परीक्षण युरोपकै पहिलो पटक कोरोनाभाइरस भ्याक्सिन परीक्षण हो। यस अध्ययनको लागि चयन गरिएका ८ सयभन्दा स्वयम्‌सेवकहरूमध्ये दुईजनाबाट त्यसको सुरुवात गरिएको बीबीसीमा उल्लेख छ।

स्वयम्‌सेवकहरूले आफूले कुन खोप पाएको भन्ने थाहा नपाउने जनाइएको छ । तर डाक्टरहरूलाई भने त्यो थाहा हुनेछ। उक्त भ्याक्सिनहरु तीन महिना भित्र अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको थियो ।

कोरोना भाइरसको भ्याक्सिनले काम गर्ने वैज्ञानिकहरुले ठूलो

आशा बोकेका छन् । ति भ्याक्सिन चिम्पाञ्जीबाट रूघाखोकी निम्त्याउने एड्नोभाइरसको एउटा कमजोर संस्करणबाट तयार पारिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय