शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • औषधिको मूल्य बढ्नुको कुनै कारण छैन, कडा अनुगमन गर्नेछौं : स्वास्थ्य मन्त्रालय
वागमती प्रदेश

औषधिको मूल्य बढ्नुको कुनै कारण छैन, कडा अनुगमन गर्नेछौं : स्वास्थ्य मन्त्रालय

  • सिधा दृष्टी शुक्रबार, बैशाख १२, २०७७ | April 24, 2020

काठमाडौं, । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले औषधिको मूल्य बढ्नुको कुनै कारण नभएको बताउनुभएको छ ।

शुक्रबार कोरोना भाइरस सम्बन्धी नियमित अपडेट प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “औषधिको मूल्य बढेको कुरो आएको छ । तर, औषधिको मूल्य बढ्नुको कुनै कारण छैन । औषधि व्यवस्था विभागका महानिर्देशक आफैले यस अगाडि पनि प्रष्ट पारिसक्नु भएको छ । कुनै पनि औषधिहरुको मूल्य बृद्धि नहोस् । हामीले कडा अनुगमन गर्नेछौं र भेटिहाल्यौं भने पनि कडा कारबाही गर्नेछौं ।”

यस अगाडि उहाँले भन्नुभयो, पीसीआर

विधिबाट परीक्षण गरिएको नमूना परीक्षणको संख्या कुल ९ हजार ४ सय ७ पुगेको छ । आरडीटी (र्यापिड किट)बाट गरिएको नमूना परीक्षणको संख्या ३८ हजार ८९ पुगेको छ ।

पीसीआर र आरडीटी दुवैबाट गरिएको जम्मा परीक्षण संख्या हालसम्म ४७ हजार ४ सय ९६ पुगेको छ । गत २४ घण्टामा ३ हजार ७ सय ९१ वटा नयाँ परीक्षणहरु भएका छन् ।

प्रदेश नम्बर १ मा हालसम्म ३ हजार ९ सय २९, प्रदेश नम्बर २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सुदूर पश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षणहरु सम्पन्न भइसकेका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

आजको तथ्यांक अनुसार क्वारेन्टाइनमा रहेका ब्यक्तिको संख्या १२ हजार ९ सय ८५ रहेको छ । त्यस्तै आइसोलेशनमा रहेका व्यक्तिहरुको संख्या ८९ जना रहेको छ ।

कल सेन्टरमा गत २४ घण्टामा जम्मा १ हजार ४ सय ७ वटा कलहरु प्राप्त भएका छन् । ती सबै कलहरुको सम्बोधन स्थास्थ्यकर्मीहरुबाट भएको जानकारी गराइएको छ ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामलाई थप व्यवस्थित गर्नका लागि ट्रेसिङ र टेष्टिङका लागि टिम गठन गरिएको पनि जानकारी गराइएको छ । जसमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, नर्स लगायतको समूह बनाइएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितहरुको ४८ पुगेको छ । जसमध्ये १० जना निको भइसकेको प्रवक्ता देवकोटाले जानकारी गराउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय