काठमाडौं । कोरोना संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालय दिएको जानकारी अनुसार बिहीबार साँझ भोजपुरका २६ वर्षिया पुरुषमा कोरोनाको संक्रमण पोजेटिभ देखिएसँग नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाको प्रकोप बढ्दै गएका कारण नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । उच्च सतर्कताका बाबजुद पनि कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ६७ हजार बढी पुगेको छ । छिमेकी भारतमा अहिलेसम्म २१ हजार ७ सय बढीमा
कोरोनाको संक्रमण पुष्टि भएको छ ।