बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • ट्रम्पले गरे विरामी भएको किमको स्वास्थ्य लाभको कामना
अन्तराष्ट्रिय

ट्रम्पले गरे विरामी भएको किमको स्वास्थ्य लाभको कामना

  • सिधा दृष्टी बुधबार, बैशाख १०, २०७७ | April 22, 2020

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

स्थानीय समयानुसार मंगलबार उनले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन् ।

‘उनी सिकिस्त विरामी भएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उनको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भनेका छन्।

दैनिक एक कार्यक्रममा मङंगलबार उनले किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै

गएको पनि स्मरण गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय