बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • राजधानीमा धादिङ जिल्लाका अलपत्र परेकाहरुलाइ घर आउने अबसर
वागमती प्रदेश

राजधानीमा धादिङ जिल्लाका अलपत्र परेकाहरुलाइ घर आउने अबसर

  • सिधा दृष्टी बुधबार, बैशाख १०, २०७७ | April 22, 2020

धादिङ- धादिङको स्थानिय तहहरुले लकडाउनका कारण काठमाण्डौंमा समस्यामा परेका आफ्ना नागरिकलाई घर सम्म ल्याउने व्यवस्था गरेको छ ।

काठमाण्डौंमा भएका नागरिकहरुले काठमाण्डौंमा बस्नलाई समस्या भन्ने गुनासो आएकाले बुधबार एक दिन गाडीको व्यवस्था गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो । उपचारका लागि काठमाण्डौं गएका, परिक्षाको लागि गएकाहरु समस्या भएर हिडेरै भएनी घर आउछौं भन्ने जानकारी आएकाले अत्याधिक समस्यामा परेकाहरुलाई लंक्षित गरि आउने व्यवस्था गरेको अध्यक्ष थापाले बताउनुभयो ।

स्थानिय प्रशासनको समन्वयमा निलकण्ठ नगरपालिका ,त्रीपुरा सुन्दरी , ज्वालामुखी, गंगाजमुना, खनियावास,

रुविभ्याली र सिद्धलेक गाउँपालिकाले ग्रामिण यातायात सहकारीबाट संञ्चालित बसबाट बुधबार बेलुकीसम्म काठमाण्डौंका नागरिकलाई ल्याईने बताईएको छ । यस्तै गल्छी गाउँपालिकिाले पनि काठमाण्डौंमा समस्यामा रहेका आफ्ना नागरिकलाई बसबाट घर घरमा पु¥याउने व्यवस्था गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय