काठमाडौं । उदयपुर जिल्लामा एकै दिन नाै जना नयाँ कोरोनाका संक्रमित फेला परेका छन । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।
उदयपुर जिल्लामा मात्र सङ्क्रमितको सङ्ख्या लगातार बढेर २३ पुगेको छ। त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४१ पुगेको छ । साथै संक्रमित मध्य ५ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन ।