मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • धादिङका युवकको पहिलाे रिपोर्ट ‘त्यति राम्रो’ आएनः टेकु अस्पताल
वागमती प्रदेश

धादिङका युवकको पहिलाे रिपोर्ट ‘त्यति राम्रो’ आएनः टेकु अस्पताल

  • सिधा दृष्टी मङ्लबार, बैशाख ९, २०७७ | April 21, 2020

काठमाडौं :  घर पठाउनाका लागि पछिल्लोपटक दुईपटक गर्नुपर्ने नमुना (स्वाब) परीक्षणअन्तर्गत कोरोना संक्रमित धादिङका युवकको पहिलो रिपोर्ट ‘त्यति राम्रो’ नआएकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) ले जनाएको छ।

निको हुँदै गरेका कोरोना संक्रमित बिरामलाई डिस्चार्ज गर्नुअघि उनको नमुना ७२ घण्टाभित्र दुईपटक परीक्षण गर्नुपर्छ र ती दुवैको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस हटिसकेको आउनुपर्छ।

तर सोमबार प्रयोगशालामा पठाइएको उनको नमुना परीक्षणको रिपोर्ट त्यति राम्रो नआएकाले पुनः परीक्षणका लागि आज मंगलबार उनको स्वाब प्रयोगशाला (टेकुमै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) मा

पठाइएकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय