बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश ५
  • गुल्मीको चन्द्रकोटमा आगलागी ,एकको मृत्यु, तीन घाइते
प्रदेश ५

गुल्मीको चन्द्रकोटमा आगलागी ,एकको मृत्यु, तीन घाइते

  • सिधा दृष्टी सोमवार, बैशाख ८, २०७७ | April 20, 2020

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।

घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा

आउन नसकेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय