धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको आरन भञ्ज्याङमा बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार (७ वैशाख) मलेखुबाट बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बोलेरो जीप आरन भञ्ज्याङमा दुर्घटनामा परेको हो ।
मलेखुमा तरकारी बेच्न आएका किसानहरुलाई लिएर खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप दिउँसो पौन ४ बजे सडकबाट अन्दाजी ७ सय मिटर तल खस्दा दुर्घटना भएको स्थानीयले जानकारी दिएका हुन् ।
मृत्यु हुनेमा ज्वालामुखी
गाउँपालिका १ जोगीटारकी २४ वर्षीय सरु बसेल रहेको प्रहरीले जानकारी दिएको छ । मृतक बसेल ज्वालामुखीबाट माईत जाँदै गरेको खुलेको छ ।
दुर्घटनामा घाईते हुने ८ जनानै महिला रहेका छन् । जस्मा बेनिघाट रोराङ वडा नम्बर ४ का २८ वर्षिया मञ्जु गुरुङ, १३ वर्षिया ऋतु बसेल, १३ वर्षिया अन्जना बसेल, १५ वर्षिया सुस्मा बसेल,१५ वर्षिया सपना गुरुङ,३५ वर्षिया सूतली गुरुङ, १५ वर्षिया सुजता बसेल, ११ वर्षिया दिलशा रम्तेल रहेका छन् । घाईतेहरु मध्ये १३ वर्षिया ऋतु बसेललाई काठमाण्डौं ट्रमा सेन्टर रिफर गरिएको र अन्य ७ जनाको राजमार्ग अस्पताल मलेखुमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो । जीप दुर्घटना पछि चालक भने फरार रहेकाले खोेजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।