कैलाली- धनगढीको सेती अस्पतालमा उपचाररत कोरो’ना सं’क्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको को’रोना संक्र’मण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । चैत २२ गते परीक्षण गर्दा पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि
उनलाई अस्पतालले डिस्चार्ज गरेको डा. जोशीले बताए ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।