काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बेलुका ८ बजे गरेको अद्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको पगेको हो।
शनिबार मात्र १ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। उनको उमेर ६५ वर्ष भएको समेत मन्त्रालयले जनाएको छ। उनी विराटनगरका व्यक्ति भएको बताइएको छ।
उनको विस्तृत विवरण खुलाइएको छैन। यसअघि प्रदेश १ कै उदयपुर जिल्लामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ
गर्ने काम भइरहेको छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना बिरामी आईसोलेसनमा छन् । मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।