मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश २
  • उदयपुरको मस्जितमा लुकेका ८ भारतीयमा कोरोना पुष्टि
प्रदेश २

उदयपुरको मस्जितमा लुकेका ८ भारतीयमा कोरोना पुष्टि

  • सिधा दृष्टी शुक्रबार, बैशाख ५, २०७७ | April 17, 2020

उदयपुर : उदयपुरको मस्जितमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।भु

ल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएकोछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय