बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • लकडाउनमा क्रुर हुँदै प्रहरी, औषधि किनेर फर्किएका निर्घात कुटिए
वागमती प्रदेश

लकडाउनमा क्रुर हुँदै प्रहरी, औषधि किनेर फर्किएका निर्घात कुटिए

  • सिधा दृष्टी बिहिबार, बैशाख ४, २०७७ | April 16, 2020

काठमाडौं- लकडाउनका बेला प्रहरी  ज्यादतीका घटना बढ्दै गएका छन्। लकडाउन शुुुुरुहुँदा वाहिर निस्कनेलाई सम्झाउने गर्दै आएको प्रहरी  बुधबारदेखि उग्र देखिन थालेका छन्। ज्यादतीका घटना एक्ककासी बढेेेेको छ।

बिहीबार दिउँसो कलंकीमा अस्पताल गएर फर्किएका नागरिकमाथि लाठी वर्षायो।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले लाठी हानेको भिडिओ भाइरल भएको छ।

बुधबार बेलुका मात्र त्रिवि शिक्षण अस्पतालका डाक्टर पिटेको प्रहरीले बिहीबार बिहानै धरानका स्वास्थ्यकर्मी पिटेेेेको थियो। बिहीबार दिउँसो कलंकीमा अस्पताल गएर फर्किएका नागरिकमाथि लाठी वर्षायो।

 

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले लाठी हानेको भिडिओ भाइरल भएको छ।

औषधि किनेको भन्दाभन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई 'तपाईंहरूले यस्तो गर्न पाउनुहुन्न' भनेका थिए।

उनीहरूले औषधि किनेको भिडियोमा नै देख्न सकिन्छ। दुई जना महिलाका साथमा रहेका एक पुरुषमाथि प्रहरीले लाठी भाँच्चिने गरी हानेका छन्। सरकारले अत्यावश्यक सेवा सुचारु हुने गरी लकडाउन घोषणा गरेको समयमा औषधि किन्न नपाउनु र औषधि बोकेका नागरिकमाथि लाठी बर्षाउनु अमानवीय व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको तीव्र आलोचना भइरहेको छ। भिडियो हेर्नुहोस्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय