मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश २
  • बिरगंज आइपग्यो पीसीआर मेसिन कोरोना परीक्षण गर्न को लागि
प्रदेश २

बिरगंज आइपग्यो पीसीआर मेसिन कोरोना परीक्षण गर्न को लागि

  • सिधा दृष्टी बिहिबार, बैशाख ४, २०७७ | April 16, 2020

४ वैशाख,पर्सा - बिरगंज कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर मेसिन बिरगंज ल्याइएको छ । तर अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् ।

प्रदेश–२ सरकारले बिरगंज को लागि उपलब्ध गराउने भनेको पीसीआर मेसिन बुधबार राति आइपुगेकोे नारायणी अस्पतालका अधिकारीले बताएका छन् ।

सामाग्री जुटाउन पहल भइरहेको नारायणी अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘प्रदेश र संघ सरकारको विशेष सहयोगले बिरगंजमा पीसीआर मेसिन त आइपुगेको छ’ उनले भने ‘मलेकुलर

ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भइनसकेको अवस्था छ । त्यसका लागि पहल भइरहेको छ।

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने विज्ञ बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय