सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • चितवनमा एक जनाको र्‍याापिड टेस्टमा कोरोना पोजिटिभ
वागमती प्रदेश

चितवनमा एक जनाको र्‍याापिड टेस्टमा कोरोना पोजिटिभ

  • सिधा दृष्टी बुधबार, बैशाख ३, २०७७ | April 15, 2020

चितवन : चितवनको रत्ननगरमा गरिएको र्‍याापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनाको पोजिटिभ रिपोर्ट आएको छ । गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड टेस्टमा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

रत्ननगर नगरपालिकाले विदेशबाट फर्किएकाको सुचि तयार गरेर अस्पताललाई दिएको थियो । अस्पतालले र्‍याापिड डाइग्नोस्टिक टेस्ट गर्न सूचना जारी गरेपछि उनी आफैँ अस्पताल गएका थिए । बुधवार गरिएको ३९ जनाको परीक्षणमा उनीमा मात्रै पोजिटिभ देखिएको गुञ्जमान सिंह अस्पतालका प्रशासक मोहन खड्काले बताए ।

कोभिड १९ को र्‍याापिड डाइग्नोस्टिक टेस्ट

परीक्षणबाट पूर्वी चितवनको रत्ननगरका ४७ वर्षीय पुरुषमा पोजिटिभ देखिएको हो । प्रयोगशालामा उनको स्वाब परीक्षण थालिएको छ । प्रयोगशालाका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट दिपक सुवेदीले पिसिआर परीक्षणको रिपोर्टबाट मात्रै थाहा हुने बताए ।

उनी फागुन ३० गते दक्षिण कोरियाबाट नेपाल आएका हुन् । नेपाल फर्किने बेला परीक्षण गर्दा भने नेगेटिभ रिपोर्ट आएको उनले अस्पताललाई बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय