बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा दुई जनामा कोरोना भाइरसको संक्रमण
वागमती प्रदेश

काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा दुई जनामा कोरोना भाइरसको संक्रमण

  • सिधा दृष्टी मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020

धुलिखेल-काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको पाइएको बेथानचोक गाउाँपलिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताउनुभयो । तिमल्सीनाका अनुसार उनी भारतबाट घर फर्किएका थिए ।
त्यस्तै आजै मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँकाका २१ वर्षीय एक यूवकलाई पनि कोरोना भाइरसको संक्रमण वडा अध्यक्ष दिलबहादुर तामाङले बताए ।

उनी दुबईबाट आएका थिए । तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन ।

ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय