मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एक जनाको पुनः परीक्षण गरिँदै
वागमती प्रदेश

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एक जनाको पुनः परीक्षण गरिँदै

  • सिधा दृष्टी मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय