शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • धादिङमा डढेलो लगाउने व्यक्तिको बारे सुचना दिनेलाई २० हजार पुरस्कार दिने
वागमती प्रदेश

धादिङमा डढेलो लगाउने व्यक्तिको बारे सुचना दिनेलाई २० हजार पुरस्कार दिने

  • सिधा दृष्टी मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका भित्रको वनमा डढेलो लगाउने व्यक्तिको सुचना दिनेलाई २० हजार पुरस्कार दिन घोषणा गरेको छ । केहि दिन अघी सिद्धलेक गाउँपालिकाको वडा नं ४,५ र ६ भित्र पर्ने सामुदायीक वनमा डढेलो लागेको थियो ।

उक्त डढेलो लगाउने काममा संलग्न हुने व्यत्तिको बारेमा सुचना दिनेलाई गाउँपालिकाले २० हजार रुपैयाँ दिने सिद्धलेक गाउँपालिकाका अध्यक्ष पे्रमनाथ सिलवाले घोषणा गर्नुभएको हो । सूचना दिनेको नाम गोप्य राखिने भन्दै अध्यक्ष सिलवालले संलग्न हुने व्यत्तिको बारेमा ९८५१२००५७८ , ९७५१००७२२९ र ९८४१६१४२९२ मा फोन

गर्न आव्हान गर्नुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) संक्रमण फैलिए सँगै नेपालमा पनि लकडाउनमा रहेको समयमा सिद्धलेक लगाएत धादिङका बिभिन्न स्थानका सामुदायीक वनमा लागेको छ । सामुदायीक वनमा लागेको डढेलोले वन मात्र सखाप भएको होईन कि डढेलो लागेको आपपासका क्षेत्रमा धुँवा फैलिएकाले नवजात शिशु, बृद्धवृद्दा तथा दमका दिर्घरोगीहरुलाई समेत असर पर्ने गरेको छ । जिल्ला वन कार्यलयले सधैको वर्षहरु जस्तै यो चैत्र वैशाखमा डढेलो नियन्त्रणका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको भएपनी डढेलो भने नियन्त्रणमा आएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय