मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल
अर्थनीति

लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष दाहाल

  • सिधा दृष्टी बिहिबार, अशोज ९, २०७६ | September 26, 2019

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताएका छन्।

‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उनले भने, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ।’ करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो।

शैली र संस्कार बदल्न सबैले मेहनत गर्नै पर्ने बताउनुहुँदै नेपालमा जनता, कार्यकर्ता र नेताले आन्दोलनबाट परिवर्तन गर्ने तर केही वर्षमा पुरानो संरचना जस्तै भुत्ते बनाउने गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय