शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी
मुख्य खबर

टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

  • सिधा दृष्टी बुधबार, अशोज ८, २०७६ | September 25, 2019

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।

महासङ्घको प्रदेश नं ३ कार्यालयको आज कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुुले दुुःख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पारे ।

यात्रुुले अनावश्यक हैरानी खेप्नुु नपरोस् भन्ने हेतुुले लामा तथा

मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उनले बताउए ।

टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासङ्घको लोगो अङ्कित पोशाक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिए ।

चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुुलाई टिकट काट्ने नाममा अनावश्यक दुुःख दिने, टिकट दिने सिट उपलब्ध नगराउने, यात्रुुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको उपाध्यक्ष तिमिल्सिनाले बताए।

मुुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटा दूरीका गरी करीव २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुुड्दै आएको बताइएको छ ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले यात्रुुलाई सुरक्षित ढङ्गबाट चाडपर्व मनाउन जाने र फर्कने वातावरण मिलाउने सरकारको नीतिलाई अनुुशरण गरेको भनी महासङ्घका पदाधिकारीलाई धन्यवाद दिए ।

यात्रुलाई सुुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पुु¥याउन बिग्रिएका सडक र पुलपुुलेसा बाधक रहेको हुुँदा कतिपय स्थानमा तत्काल सुुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराए । राससबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय