मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • साफ यु–१८ फुटबलमा नेपालले माल्दिभ्ससँग बराबरी
समाचार

साफ यु–१८ फुटबलमा नेपालले माल्दिभ्ससँग बराबरी

  • सिधा दृष्टी आइतवार, अशोज ५, २०७६ | September 22, 2019

काठमाण्डौ । तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आइतबार भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लियो । खेलको १४औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै शुरुआती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए । माल्दिम्सले खेलको पहिलो हाफसम्म एक शून्यले अग्रता

लिएको थियो ।
मनिषले खेलको ७६औँ मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाए । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गर्दैै गोल गरेका थिए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले एक अङ्क जोडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय