सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल
प्रदेश १

टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल

  • सिधा दृष्टी आइतवार, अशोज ५, २०७६ | September 22, 2019
file photo

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उनले भने, “आदिवासी थारूहरु आन्दोलनका सहयात्री हुन् । हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने सङ्कल्प गरेका छौँ ।”

अध्यक्ष प्रचण्डले देशमा सञ्चालन भएका सबैखाले आन्दोलनमा थारूहरुको सहभागिता रहेको समेत उल्लेख गरे । तराईको भूमिपुत्रका रुपमा रहेका थारूहरु राष्ट्रनिर्माणका लागि सधैँ पहरेदारको भूमिका

निर्वाह गरिरहेको बताए ।

नेपालका थारूहरुको योगदान विशिष्ट रहेको बताउँदै उनले सामाजिक रुपान्तरणका निम्ति थारूहरुको योगदान विशिष्ट स्मरण गरे ।

सो अवसरमा नेकपा सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य, कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी लगायतका व्यक्तिहरुले जितिया पर्वको शुभकामना दिएका थिए । राससबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय