बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र
मुख्य खबर

पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

  • सिधा दृष्टी आइतवार, अशोज ५, २०७६ | September 22, 2019

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।

आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ ।

मुलुकी अपराध

संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो । राससबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय