बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • तीन विधेयक सर्वसम्मतिले पारित
मुख्य खबर

तीन विधेयक सर्वसम्मतिले पारित

  • सिधा दृष्टी बुधबार, अशोज १, २०७६ | September 18, 2019
file photo

 

काठमाण्डौ । राष्ट्रिय सभाको आजको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ लाई पारित

गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । तीनवटै विधेकलाई पारित गर्नुपूर्व बैठकमा दफावार छलफल भई छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक बिहीबार अपराह्न ३ बजे बस्नेछ । राससबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय