मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इटालीमा डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो
समाचार

इटालीमा डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो

  • सिधा दृष्टी बुधबार, अशोज १, २०७६ | September 18, 2019

एजेन्सी । इटालीको भेनिस शहरमा एक विद्युतीय डुङ्गा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । भेनिस शहरमा तीब्र गतिको डुङ्गा दुर्घटना भएको हो ।

तीब्र गतिमा कीर्तिमान राख्न भेनिस शहको जलक्षेत्रमा चलाइएको डुङ्गा कृत्रिम चट्टानमा ठोकिएर दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

मोनाकोबाट भेनिससम्म तीब्र गतिमा डुङ्गा चलाएर कीर्तिमान राख्ने क्रममा दुर्घटनामा परेको डुङ्गाको गति १ सय किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ । दुर्घटना हुने क्रममा डुङ्गा १८ घण्टा ३० मिनेटभन्दा लामोसमय चलाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय