कुुमोद अधिकारी
विराटनगर । विराटनगर रानीदेखि इटहरीसम्मको कोशी राजमार्ग तथा इटहरीदेखि उर्लावारीसम्मको पुुर्व पश्चिम राजमार्ग सिसि टिभि क्यामरा जडान गरिएको छ ।
प्रदेस न १ सरकारको सहयोगमा मोरङ प्रहरीले व्यापारी तथा पुुर्व पश्चिम राजमार्गको ६० किलोमिटर क्षेत्रमा ५८ वटा सिसि टिभी क्यामरा जडानगरि सोमबारदेखी विधिवत रुपमा संचालनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुुख एसपी विश्व अधिकारीका अनुसार रानी विराटनगर देखि विराटनगरको प्रवेशद्धारसम्म ३२ वटा दुहवीको वुुढिखोलादेखि वाहुुनीसम्म १३ वटा तथा पथरीदेखि उर्लावारीसम्म १३ वटा गरी
५८ वटा सिसि टिभि क्यामरा जडान गरिएका छन् ।
प्रदेश सरकारको १ करोड ५३ लाख रुपैयाको लागतमा क्यामरा जडान गरिएको हो । क्यामरा जडान भएपछि ६० किलोमिटर सडक क्षेत्रमा हुुने गतिविधि सहजै निगरानी गर्न सकिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित कार्यक्रममा प्रदेश न १ का मुुख्यमंत्री शेरधन राईले जडान भएको सिसि टिभि कयामरा विधिवत रुपमा उद्घाटन गर्नुहुदै सिसि क्यामराको जडानले अपराधमुक्त प्रदेश बनाउन प्रदेस सरकारको योजनमा मद्त पुगेको बताए ।
उनले विकासको पहिलो शर्त शान्ती सुुरक्षा भएकाले शान्ती सुुरक्षा सुुव्यस्थित वनाउन प्रदेस सरकारको जहिलेपनि नेपाल प्रहरीलाई सहयोग रहने बताए ।
प्रहरी महानिरिक्षक सरवेन्द्र खनालले समग्र मुुलुुकको शान्ति सुरक्षा सुद्धिढ बन्दै गएको बताउदै नागरिकलाई सर्वोच ठानेर नेपाल प्रहरीले सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुुभयो । उहाले समृद्ध नेपाल बनाउने नेपाल सरकारको लक्ष्य पुुरागर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुली , प्रदेश न १ आन्तरिक मामिला तथा कानुुन मंत्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रदेश न १ का प्रहरी प्रमुुख ठाकुुरप्रसाद ज्ञवालीले दुुर्घटना न्युुनिकरण र अपराध नियन्त्रणगर्न सिसि टिभि क्यामरा फलदायी हुुने बताए ।