एजेन्सी – नाइजेरिया सरकारले मुलुकको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा १ हजार ४ सय ६० जनाको मृत्यु भएको जनाएको छ ।
यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३ सय ३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको थियो ।
नाइजेरिया सरकारले जुनदेखि जुलाईको अवधिमा हिंसात्मक आक्रमणका घटनामा भने सामान्य कमी आएको बताएको छ । खासगरी,
जाम्फारा राज्यमा सशस्त्र डाकु समूहका गतिविधि र पशुपक्षीको चोरीका घटनामा कमी आएको जनाइएको छ ।