काठमाण्डौ । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष चर्चामा तीज गीत हो, ‘पिसाब लाग्यो ।’ ज्योती मगरले गाएको यस गीतलाई जनचेतनामूलक तीज गीत भनिएको छ । यो गीतमा गाडी चढेपछि पिसाब लाग्दाको क्षणलाई प्रस्तुत गरिएको छ । तिलक वलीको शब्द, संगीत तथा स्वर रहेको गीतमा खुल्ला ठाँउमा पिसाब गर्न नहुने सन्देश दिन खोजिएको छ ।