मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ
मुख्य खबर

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ

  • सिधा दृष्टी बुधबार, भदौ ११, २०७६ | August 28, 2019

काठमाण्डौ । सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ ।

कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ ।
सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिकसम्बन्धी कानुन यस अघि लागू भइसकेको छ । सरकाले श्रमीकको न्यूनतम परिश्रमिक निर्धारण गरेसँगै कार्यान्वयनका लागि प्रतिष्ठानको निरीक्षण गर्नुपर्ने देखिएपछि यसलाई तिब्रता दिएको

हो । रोजगरदाताले सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक दिएको सम्बन्धमा सुनिश्चित गर्न अनुगमनदरलाई समेत आवश्यक तत्व मानेको छ । श्रम तथा व्यवसाय सुरक्षा विभागले अघिल्लो वर्षको तुलनामा गत वर्ष न्यूनतम परिश्रामिक अनुगमन बढाएर दोब्बर बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय