काठमाण्डौ । ७० वर्ष माथिका जेष्ठ नागरिकलाई नेपाल भित्र उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ ।
पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सुधारका योजना सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना उनले सार्वजनिक गरेका हुन् ।
सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तरप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने, निर्माणधनी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने तथा तीन महिना भित्र परिक्षण उडान गरी व्यवसायिक उडानको पुर्वतयारी गर्ने योजनामा उल्लेख छ । त्यस्तै उक्त विमानस्थलमा उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्ने आवश्यक प्याकेज ल्याउने जोजना छ ।
मन्त्रलायले प्रयोगमा नआएका विमानस्थलहरुलाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने जनाएको छ । त्रिभुवन विमानस्थलका रहेको हवाई चापलाई कम गर्न काठमाण्डौ नजिकाको रामेछाप विमानस्थलको स्तरोन्नती गर्ने जनाएको छ । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्रिने प्रमखु १० वटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्याक्रम सञ्चालन गर्ने तथा ग्लोबल पर्यटन सम्मेलन र पर्यटन लगानी सम्मेलन गर्ने जानकारी दिए ।