काठमाडौं । पहिलो पटक नेपालमा मन्त्रीपरिषदको बैठक भिडियो कन्फेन्समार्फत सञ्चालन भएको छ । प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको अध्यक्षता गरेका छन् । प्रधानमन्त्री ओलीको सोमबार मन्त्रीपरिषद बैठक बोलाएका थिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउसो १ बजे बसेको बैठकमा सिंगापुरबाट ओलीले सम्बोधनमात्रै गरेनन् , निर्णय प्रक्रियीमा समेत सहभागी भए ।
कार्यविधि संशोधन गरेर भिडियो कन्फ्रेन्समार्फत बैठक बोलाउन सक्ने प्रावधान राखिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौंस् पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बसेको ट्विट गर्दै जानकारी दिएका छन्।