बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • वर्षमा चार हजार पत्रकारलाई प्रेसपास
मुख्य खबर

वर्षमा चार हजार पत्रकारलाई प्रेसपास

  • सिधा दृष्टी शनिबार, भदौ ७, २०७६ | August 24, 2019

काठमाण्डौ । मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा ४ हजार ८० पत्रकारले ‘प्रेसपास’ लिएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।

विभागमा अनुसार गत आ वमा १ हजार २ सय ७ नयाँ प्रेसपास दिइएको छ । २ हजार ७ सय ६० पुरानो नवीकरण गरिएकाे छ । प्रेसपास लिएका मध्ये १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ

‘प्रेसपास’ दिने तथा नवीकरण साउन, भदौ र असोजमा बढी हुने गरेको विभागले जनाएको छ ।

विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । यस्तै नयाँ लिनका लागि भने विभागमा जानुपर्ने वा घुम्ती शिविर सञ्चालन भएको बेला लिने पाइने व्यवस्था छ ।

विभागले श्रमजीवी पत्रकार ‘प्रेस पास’ लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष उपत्यका बाहिर विभिन्न जिल्लाका सात स्थानमा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ । बढी पत्रकार हुने ठाउँमा विभागको टोली पुगेर आवश्यक प्रक्रिया पूरा गरेका पत्रकारलाई ‘प्रेस पास’ वितरण गर्दै आएको हो ।

विभागका सूचना अधिकारी सुमन बज्राचार्य अधिकांश पत्रकारले ‘प्रेस पास’ लिने गरे पनि नवीकरण गर्न नआउने समस्या देखिने गरेको बताउनुहुन्छ । ‘एक वर्षका लागि प्रेस पास दिने भएकाले प्रत्येक वर्ष नवीकरण गर्न विभाग वा सञ्चार केन्द्रमा आउनुपर्नेमा अधिकांश पत्रकारले नवीकरण गरेका छैनन’, उहाँ भन्नुहुन्छ ।

पटक–पटक सञ्चारमाध्यम फेरिराख्ने प्रक्रियाका कारण ‘प्रेसपास’ नवीकरणका लागि समस्या पर्ने गरेको उहाँको भनाइ छ । विभागले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक, सम्बन्धित सञ्चारमाध्यामको निवेदन र नियुक्तिपत्रका आधारमा ‘प्रेस पास’ उपलब्ध गराउँदै आएको छ । अनलाइनरेडियोनेपालबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय