बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सुदूरपश्चिममा गौरा पर्व बनाइदै
मुख्य खबर

सुदूरपश्चिममा गौरा पर्व बनाइदै

  • सिधा दृष्टी शुक्रबार, भदौ ६, २०७६ | August 23, 2019
file photo

काठमाण्डौ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज धुमधामका साथ मनाईदै छ । पौराणिक कालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको हो ।

सुदूरपश्चिममा महान् पर्वको रुपमा मनाइने गौरा पर्वको पहिलो दिनमा महिलाहरुले गौरा घर (गौँरे खलो) मा तथा घर-घरमा तामाको भाँडामा बिरुडा भिजाएर गौरा पर्वको सुरुआत् भएको छ ।

बिरुडा भन्नाले पच नाज अर्थात्

पाँच प्रकारका अन्न (केराउ, गहत, गुँरास, गहुँ, कालो मास) लाई बिरुडा भन्ने चलन छ । यो वर्षको पहिलो दिन बिरुडा भिजाई सुदूपश्चिमेलि महिलाहरुले गौरा पर्वको सुभारम्मभ गरेका छन् ।

गौरा पर्वको पहिलो दिन महिलाहरुले ब्रत बसेर तामाको भाडाँमा सफा पानीले बिरुडा भिजाएर मनाउने चलन सुदूरपश्चिमेली समाजमा छ ।

हरेक कृष पक्षमा पर्ने गौरालाई अधेरी गौरा र शुक्लपक्षमा पर्ने गौरा पर्वलाई उजेली गौरा भन्ने चलन रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का स्थानीय मानमती धामीले बताए । त्यस्तै तिथि बढेमा बाटो गौरा र घटेमा धोइ गौरा भन्ने प्रचलन रहेको उनको भनाइ छ । यो वर्षको गौरा पर्व कृष्ण पक्षमा परेकाले अधेरी ९अनेरी० गौरा भनिन्छ ।

पञ्चमीका दिन भिजाएको बिरुडा दोस्रो दिन षष्ठीका दिन पानीको मुहान तथा धारामा गइ सामूहिक रुपमा धोएर गौरा देवीको प्रतिस्थापन गरी गौरा पर्व मनाउने चलन छ ।

त्यस्तै सप्तमीका दिन गौरा देबीलाई गौरा घर तथा मन्दिरमा भित्र्याएर आ(आफ्नो चलन अनुसार पूजापाठ गरी विवाहित महिलाहरुले दुबधागो चढाउने परम्परा छ ।

यस्तै अष्टमीका दिन ब्रत बसेर महिलाहरुले विहानैदेखि गौरा पर्व मनाउने स्थल गौरा खलोमा पूजापाठ गर्ने गरेका छन् ।

अष्टमीका दिनलाई मुख्य गरी गौरा पर्वको रमाइलो दिनका रुपमा लिइन्छ । मुख्य गरी गौरा देवीको प्रतिमा निर्माण गरी गौरा देबीको पूजापाठ गरि मनाउने तथा रमाइलो गर्ने भएकाले पनि त्यो अन्य दिनको भन्दा गौरा पर्वको महत्वपूर्ण दिनका रुपमा लिइन्छ ।

सोही दिन साँझ चढाएको दुबधागो अभिषेक गरेर पूजापाठ गरी खाना खाने चलन छ । महिलाहरुले प्रसादको रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यहरुको टाउको पुज्ने र निधारमा बिरुडा थापिदिने चलन रहेको छ ।

आ-आफ्नो परम्परा अनुसार गौरा देबीको सेलाउने गरिन्छ । कुनै ठाउँमा अष्टमीका दिन गौरा देवीको प्रतिमा सेलाउने चलन छ भने कुनै दिन अष्टमीको भोली पल्ट साइत जुराएर प्रतिमा सेलाउने प्रचलन छ ।

मुख्य गरी सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी कैलालीमा गौरा पर्व मनाउने चलन छ ।

गौरा पर्व मनाइने जिल्लाबाट बसाई सरी काठमाण्डौँ बस्ने हिन्दु नारीहरुले राजधानीको टुडिखेलमा विशेष कार्यक्रम गरी गौरा पर्व मनाउन थालेका हुन् । शिव र गौरा देबीको प्रेम तथा विबाहको सम्झनामा महिला पुरुषहरुले सुदूरपश्चिमेली डेउडा खेल्ने चलन छ ।

यस्तै गरी देश विदेशमा रहेकाहरु पनि गौरा पर्वका लागि घर फर्किने चलन सुदूरपश्चिमेली समाजमा छ । गौरा पर्वलाई दशैतिहारको जतिक्कै महत्वका साथ मनाइने भएकाले पनि देश विदेश तथा घर बाहिर रहेकाहरु पनि गौरा पर्वका लागि घर फर्किने गरेका छन् । त्यस्तै प्रदेश सरकारले पनि आज कै दिन सार्जनिक विदा पनि दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय