बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • आज देशभर कृष्ण जन्माष्टमी मनाइदै
मुख्य खबर

आज देशभर कृष्ण जन्माष्टमी मनाइदै

  • सिधा दृष्टी शुक्रबार, भदौ ६, २०७६ | August 23, 2019

काठमाडौं। आज कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाईंदै छ ।

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।

मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको

आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।

बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।
आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । कृष्णको आफ्नै मामा कंश जो राजा थियो । उसले गरेका अत्याचारले मानिसहरू आजित भएकाले उसलाई आफ्नै आठौं सन्तानको रूपमा जन्मने भान्जले मार्ने कुरा आकाशवाणी भएपछि कंशले आप्नै बहिनी देवकीलाई सुत्केरी हुने थाहा पाउंदासाथ बन्दी बनाउंथ्यो र जन्मने वित्तिकै पछारेर मार्न लगाउंथ्यो । तर कृष्णलाई भने मार्न सकेन । आफ्नै बन्दीखानाबाट कृष्णलाई बचाइयो र अन्तै लागियो । पछि कृष्णले नै कंशलाई मारेर जनतालाई मुक्ति दिलाए भन्ने कथा छ । खासगरी महाभारत युद्धमा कृष्णको विशेष भूमिका देखिन्छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड लागेको छ । पूजा आराधना गर्नका लागि उपत्यकालगायत आसपासका ठाउँहरूबाट हजारौं दर्शनार्थीको घुइंचो लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय