बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत
मुख्य खबर

‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत

  • सिधा दृष्टी बिहिबार, भदौ ५, २०७६ | August 22, 2019

काठमाडौ‌ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरे ।

प्रस्ताव सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद हटाउने ढङ्गले आएको भन्दै प्रहरीको इच्छाअनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको बताए।

‘पति–पत्नीलाई एउटै प्रदेशमा समायोजन गर्ने भनेर विधेयक आएको छ । सरुवा र बृति विकासको सन्र्दभमा ध्यान पनि दिइएको छ,’ गृहमन्त्री थापाले पति–पत्नी प्रहरी भए एउटै प्रदेशमा बस्न पाउने

गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै उनले एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्ने तर निश्चित तहकाप्रहरीलाई मात्रै त्यो व्यवस्था गरिएको पनि बताए । उनले नेपाल प्रहरी भनेको संघीय प्रहरी नै भएको भन्दै त्यसमा नअल्मलीन सुझाव दिए ।

विधेयकमा बढुवाका सन्दर्भमा पनि विभेद नभएको छैन, ग्रेड थपको व्यवस्था गरिएको भन्दै बढुवाको प्रस्ताव किन नगरेको भन्ने प्रश्नमा संविधान जारी भइसकेपछि तीन पटक बढुवा भइसकेकाले समायोजनका क्रममा बढुवा नगरिएको बताए । ‘बढुवा गरेर समायोजन गर्दा संगठनात्मक रुपमा असन्तुलन हुन्छ । अन्तरविरोध हुन्छ,’ गृहमन्त्री थापाले भनुभयो । अनलाइनरेडियाेनेपालबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय