काठमाण्डाै । इलाम अस्पतालले भदौ १ देखि थाइराइड परीक्षण गर्ने मेशिन सञ्चालन गर्ने भनेपनि सञ्चालनमा ल्याउन सकेन ।
अस्पतालले दश लाखमा थाइराइड परीक्षण गर्ने चाइनिज मेशिन खरिद गरेको भनिएपनि प्राविधिक समस्या देखाउँदै मेशिन सञ्चालन गर्न नसकेको हो ।
इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझीले मेशिनको काटेज लिएर आउनुपर्ने इन्जिनियर आइनपुगेका कारण सञ्चालन गर्न नसकिएको बताउनुभएको छ ।
पत्रकारसंग कुरा गर्दै रायमाझीले मेशिन सञ्चालन गर्न कम्पनीको इन्जिनियर आएर प्रयोग गरेर अस्पताललाई जिम्मा लगाउनुपर्ने भएको हुदाँ इन्जिनियर पाँचथर र इलाममा एकैपटक
काम सक्ने गरी आउने भएकाले आज सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार पाँचथरमा पनि मेशिन आइसकेको हुँदा दुईतीन दिनभित्र इन्जिनियर आइपुग्ने जानकारी छ, इन्जिनियर आइसक्दा मेशिन सञ्चालन हुनेछ ।
गाउँका अस्पतालमा यो सेवा हुदाँ यसबाट दुर्गममा भएका गरिब र सामाजिक स्वास्थ्य वीमा भएका बिरामीलाई राहत पुग्ने विश्वास छ ।
पाँच वर्ष अगाडि शैयामा स्तर उन्नति भएको अस्पतालमा बहिरंग, इमरजेंसी साथै एक्स रे, भिडियो एक्स रे लगायतका सेवा सञ्चालनमा रहेका छन् । भरपर्दो सुविधा नहुँदा बिरामीहरू अन्यत्र रिफर लिएर जाने गरेका थिए ।
इलाम अस्पतालमै आधुनिक उपकरण जडान भएपछि अन्य अस्पतालमा धाउन वाध्य सेवाग्राहीलाई सजिलो हुने स्थानीय बताउँछन् । जनतासमाचारबाट भगीरथ भण्डारी