मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इटलीको टापुबाट बालुवा लैजाने जोडीलाई ६ वर्षको जेल
समाचार

इटलीको टापुबाट बालुवा लैजाने जोडीलाई ६ वर्षको जेल

  • सिधा दृष्टी बिहिबार, भदौ ५, २०७६ | August 22, 2019

एजेन्सी । छुट्टी मनाउन राम्रो ठाउँ जाँदा सबैलाई सो क्षण र स्थानको यादका रुपमा त्यहाँबाट केही लैजाने चाहाना हुन्छ । तर फ्रान्सका एक जोडीले यसरी नै इटलीको सर्डिनिया ‘बिच’ अर्थात समुद्र किनारबाट छुट्टी मनाएर फर्किँदा त्यहाँको बालुवा उठाएर घर लैजाने प्रयास गरेपछि तिनलाई ६ वर्षसम्मको जेल सजायँ हुन सक्ने बताइएको छ । उनीहरुका अनुसार त्यसरी बालुवा लैजादै गर्दा उनीहरुलाई आफूले अपराध गरिरहेको भन्ने केही थाहा थिएन ।

वास्तवमा इटलीको उक्त टापुको सेतो बालुवा संरक्षित सम्पदामा पर्दछ र पर्यटकहरुले त्यसलाई लैजान

खोजेमा भारी जरिवाना तिर्नुपर्ने वा जेल समेत हुन सक्ने कानुन रहेको छ । यस्तोमा पुलिसले उनीहरु दक्षिण फ्रान्सस्थित टोउलोन जाने तयारीमा रहँदा नियमित चेकजाँच गर्ने क्रममा बालुवा फेला पारेका हुन् । उनीहरुले तिनको कारको झ्यालबाटै एउटा बोतलमा बालुवा भरेर राखिएको देखेका थिए जसपछि तुरुन्तै दुवैजनालाई पक्राउ गरिएको संचार माध्यम सिएनएनले जनाएको छ । यसरी उनीहरुसँग १४ वटा बोतलमा ४० किलो बराबर सेतो बालुवा बरामद भएको पुलिसले जानकारी दिएको छ ।

चोरीको आरोपमा अदालत पुर्याइएको सो जोडीलाई अहिले ३,३०० डलर बराबरको जरिवानादेखि ६ वर्षसम्मको जेल हुन सक्ने बताइएको छ । पुलिसका अनुसार उनीहरुले बारम्बार आफूलाई सो कानुनबारे केही थाहा नभएकाले गलती हुन पुगेको बताइरहेका छन् । तरपनि त्यहाँ ठाउँठाउँमा विभिन्न भाषामा यसबारे जानकारी गराइएको चाहिँ देखेको स्वीकार गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय