बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • नेपाल
  • प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
नेपाल

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

  • सिधा दृष्टी बुधबार, भदौ ४, २०७६ | August 21, 2019

काठमाण्डाै । पर्वत जिल्लाको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो । स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिँदै आएका छन् । स्वास्थ्य केन्द्रले स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विशेषज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ ।

हाल स्वास्थ्य केन्द्रबाट छारेरोग, मानसिक समस्या, पिसाब, छालारोग र नसाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिनुभयो । सेवा प्रभावकारी भएपछि हाल जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला बागलुङ, गुल्मी, कास्की, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी यहाँ आउने गरेका छन् । लामो समयदेखि नसाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका तनहुँ ब्यास नगरपालिकाका ४० वर्षीय रमेश सिग्देल सेन्टरमा उपचार सेवा लिएपछि निको भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय