शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • आयुष्मान देशराज जोशी विवाहको चिन्ता
बलिउड / हलिउड

आयुष्मान देशराज जोशी विवाहको चिन्ता

  • सिधा दृष्टी बुधबार, भदौ ४, २०७६ | August 21, 2019

काठमाण्डाै । अभिनेता आयुष्मान देशराज जोशीलाई अचेल सार्वजनिक समारोहमा सहभागिता जनाउन मन लाग्दैन। जहाँ पुगे पनि उनलाई सञ्चारकर्मीहरूले एउटै जिज्ञासा राखेर हैरान पार्छन्। ‘असारमा विवाह हुने कुरा थियो, किन भएन भनेर आयुष्मानले गुनासो गरे— ‘विवाह भन्ने कुरा त्यति सहजै हुने विषय होइन।
घडी, पला, मंगल सबै जुराउनुपर्छ। तीनै कुरा यो असारमा नजुरेकाले हाम्रो विवाहको मिति तय गर्न बाँकी भएको हो।’ आयुष्मानले सञ्चारकर्मीहरूलाई आफ्नो विवाहका बारेमा अनावश्यक चिन्ता नगर्न आग्रहसमेत गरे। ‘म र प्रियंका एक–अर्कालाई असाध्यै माया गर्छौं, सञ्चारकर्मीहरूले हाम्रो

माया अझै बढोस् भन्ने कामना गरिदिए पुग्छ, आयुष्मानको भनाइ छ— ‘विवाह नै सबै कुरा होइन।

विवाह नगर्दा पनि हाम्रो माया घटेको छैन, घट्दा पनि घट्दैन। त्यसैले म सबैलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो विवाह राम्रो लगन आएपछि अवश्य हुन्छ ।’ त्यसो त आयुष्मानले विवाहका लागि ठूलो बजेट चाहिने भएकाले अहिले आफू त्यसैको जोहोमा व्यस्त रहेको समेत बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय