• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
मुख्य खबर

संरचना गठनमा जुट्यो कांग्रेस

  • ishwor सोमवार, भदौ २, २०७६ | August 19, 2019
file Photo
yoho2

काठमाडौं । नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ। संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो।

कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको थियो। निर्देशिकाअनुसार पार्टीको केन्द्रीय निर्वाचन समिति संरचना समायोजनमा जुटेको हो। राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले आइतबार पार्टी सभापतिसहित पदाधिकारीसँग छलफल गरेको छ।

‘निर्देशिकाबारे हामीले छलफल गरेका हौं,’

Real Shoes 1

समिति संयोजक अधिकारीले भने, ‘निर्देशिकामा कतिपय कुरा दोहोरिएका छन्, केही बुँदा दोहोरो अर्थ लाग्ने खालका पनि छन्। ती विषयमा प्रस्ट पार्ने काम भयो।’ समिति निर्देशिकाअनुसार स्थानीय संरचना निर्माणमा जुटेको उनले जानकारी दिए। निर्देशिकामा भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समिति गठन गरिसक्नुपर्ने उल्लेख छ भने स्थानीय तहमा कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्नुपर्ने कार्यतालिकामा तोकिएको छ।

निर्वाचन समितिसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै सबै निकायमा पार्टी संगठन समायोजन गर्न सुझाव दिएका थिए। ‘सभापतिज्यूको भनाइ यथासक्य चाँडो वडा तहसम्म पार्टी संरचना बन्नुपर्छ भन्ने नै हो,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने, ‘सबै ठाउँमा सहमतिमा संरचना निर्माण गर्न उहाँले सुझाव दिनुभएको छ।’

निर्वाचन समिति संयोजक अधिकारीले निर्देशिकाले तोकेको समयसीमामै पार्टीको अन्तरिम संरचना गठन भइसक्ने बताए। ‘धेरै ठाउँमा सहमतिमै संरचना बनिसकेका छन्, विवाद हुँदैन, पार्टी सभापति, वरिष्ठ नेताहरूले पनि आवश्यक सहयोग गर्छौं भन्नुभएको छ,’ उनले भने, ‘निर्देशिकामा सबै कुरा स्पष्ट उल्लेख भएकाले समयमै देशभरि पार्टीको अन्तरिम संरचना गठन भइसक्छन्।’ कांग्रेसमा सबै अन्तरिम संरचना सहमतिबाटै गठन हुनेछन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेको छन् ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
पोर्चुगलमाथि जर्मनीकाे शानदार जित

युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
मोडालिटी फेरबदल गरेर उपत्याकामा १० दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता

  • १ दिन अघि
हिपत खबर
भर्खरै
शनिबार २४ सय १ संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज

  • २ दिन अघि
हिपत खबर
भर्खरै
जसपाको विवाद घुमीफिरी पुनः निर्वाचन आयोग पुग्ने

अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

पार्टीको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, जनता समाजवादी

  • ३ दिन अघि