काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
बहुविवाह सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको हो ।
उच्च अदालत पाटनले शिल्पाको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । प्रधान न्यायाधीश राणको इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिनुका साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।
पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।
शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि हेमाले छविलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी थिइन्। साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी उनले दिएकी थिइन्।