बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री
वागमती प्रदेश

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

  • सिधा दृष्टी शनिबार, साउन ३२, २०७६ | August 17, 2019
file Photo

काठमाडौं। अर्थमन्त्री डा.युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए ।

त्यस्तै ‘अहिले सबैभन्दा बढी २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन ।’ संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उनले त्यसको अझैसम्म परिवर्तन नगरेको बताए ।

करको दर नबढेको तर संघीय संरचनामा जाँदा तीन वटा सरकारलाई एक्लो सरकार

देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई संघको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको उनले बताए ।

स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उनले बताए

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय