मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • नेकपाले तोक्यो विभाग र प्रदेश कमिटको चयन
वागमती प्रदेश

नेकपाले तोक्यो विभाग र प्रदेश कमिटको चयन

  • सिधा दृष्टी शुक्रबार, साउन ३१, २०७६ | August 16, 2019

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा सम्पन्न बैठकले सो टुङ्गो लगाएको हो ।
बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई तोकेको छ भने उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ ।
त्यस्तै नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई दिने निर्णय गरेको छ भने संगठन विभाग प्रमुखमा बामदेव गौतम रहनु भएको छ । साथै इस्कुल

विभाग प्रमुखमा इश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठ रहेकाछन् ।
अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उप प्रमुखमा डोरमणि उपाध्याय रहनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक पछि पत्रकारहरूलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय