बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अफगानिस्तानविरुद्ध नेपालको जित
समाचार

अफगानिस्तानविरुद्ध नेपालको जित

  • सिधा दृष्टी बिहिबार, साउन ३०, २०७६ | August 15, 2019

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

४ सेटको खेलमा २–२ भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको खेलको अन्तिम सेटमा नेपाली टोलीले १५–१३ स्कोरमा जीत हात पारेको हो । पहिलो सेटमा २५–२२ अफगानिस्तानले जीतेको थियो भने दोस्रो र तेस्रो सेट जित्दै नेपाली टोली खेलमा फर्किएको थियो ।

दोस्रो सेटमा घरेलु टोली नेपालले २५–१७

ले जितेको थियो भने तेस्रो सेटमा नेपाली टोलीले २५–१७ कै स्कोरमा अफगानिस्तान रोकिएको थियो भने चौथो सेटमा नेपाली टोलीले २५–२३ स्कोरमा रोकिँदा खेल पाँच सेटमा धकेलिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय